दुई खेल जितेर नकआउट पुगेको ब्राजिल पनि अन्तिम खेलमा पराजित, गोल अन्तरमा समूह विजेता

Share News

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा ५ पटकको च्याम्पियन ब्राजिल अन्तिम खेलमा पराजित भए पनि समूह विजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

ब्राजिलले क्वाटर फाइनल प्रवेशका लागि एशियाली प्रतिद्वन्दी दक्षिण कोरियाको सामना गर्ने छ ।

उक्त समूहबाट स्वीट्जरल्याण्ड समूह उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ । उसले २०१६ को युरो कप विजेता पोर्चुगलको सामना गर्ने छ ।

ब्राजिललले शुरूवाती दुई खेल जितेसँगै अन्तिम १६ प्रवेश गरिसकेको थियो । तर उक्त समूहमा अन्य कुनै पनि टोलीले सतप्रतिशत नतिजा निकाल्न नसकेपछि ब्राजिल नै समूह विजेता बनेको हो ।

अन्तिम खेलमा ब्राजिल क्यामरुनको हातबाट १-० ले पराजित भयो भने स्वीटजरल्याण्डले सर्बियालाई ३-२ ले हरायो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।