रोनाल्डो र मेस्सीकै वरिपरि कतार विश्वकपका रेकर्ड : यी हुन् अहिलेसम्मका १५ रोमाञ्चकता

Share News

काठमाडौं । कतार विश्वकपमा शुक्रवार राती ब्राजिल र स्वीट्जरल्याण्डले अन्तिम १६ मा स्थान बनाएसँगै प्रि-क्वाटर फाइनल पुग्ने १६ देशको टुंगो लागिसकेको छ ।
विश्वकपमा शनिवार बेलुकादेखि नकआउट चरणका खेल शुरू हुँदै छन् । पहिलो खेलमा बेलुका ८:४५ बजे नेदरल्याण्ड र अमेरिका भिड्दै छन् ।

मंसिर ४ गतेदेखि शुरू भएको विश्वकपबाट १६ टोली प्रतियोगिताबाट बाहिरि सकेका छन् । विश्वकपमा अहिलेसम्म भएका केही अच्चमका रेकर्ड र घटनाक्रमहरंलाई यहाँ प्रस्तुत गर्दै छौं ।

१. आयोजक देश उद्‍घाटन खेलमा पराजित
विश्वकपको लामो इतिहासमा अहिलेसम्म आयोजक देश उद्‍घाटन खेलमा पराजित भएको इतिहास थिएन । तर कतार विश्वकपमा आयोजक कतार पहिलो खेलमा इक्वेडरसँग २-० ले पराजित भएको थियो ।

२. एउटै खेलमा ८ गोल
कतार विश्वकपमा इगल्याण्ड र इरानबीच भएको खेलमा ८ गोल भएका थिए । इगल्याण्डले ६ गोल गर्दा इरानले २ गोल गरेको थियो ।

३. पहिलो खेलमै अनपेक्षित नतिजा
विश्वकपको दाबेदार अर्जेन्टिना माथि साउदी अरबको जित कतार विश्वकपको पहिलो अनपेक्षित नतिजा थियो । साउदी अरब त्यसपछिका दुबै खेलमा पराजित भएर समूह चरण पार गर्न सकेन । अर्जेन्टिनाले भने त्यसपछिता दुई खेल जित्दै नकआउट चरणमा स्थान बनायो ।
त्यस्तै जर्मनीमाथि जापानले निकालेको २-१ को जित प्रतियोगिताको दोस्रो अनपेक्षित नतिजा थियो ।

४. ठूलो अन्तरको जित 
कतार विश्वकपमा स्पेनले कोस्टारिका विरुद्ध निकालेको ७-० अन्तरको जित प्रतियोगिताकै ठूलो गोल अन्तर भएको जित हो । स्पेनले पोर्चुगलले उत्तर कोरिया विरुद्ध बनाएको धेरै (७-१) गोलको रेकर्ड पनि तोड्यो ।

५. लगातार ५ विश्वकपमा गोल गरेर विश्व रेकर्ड
पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले कतार विश्वकपमा घाना विरुद्ध गोल गरेपछि उनी लगातार ५ विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी बने ।

६. लगातार ४ विश्वकपमा गोल गरेर रेकर्ड

अर्जेन्टिनी स्टार लियोनल मेस्सी लगातार ४ विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी बनेका छन् । उनले साउदी अरब विरुद्ध गोल गर्दै उक्त रेक।्ट बनाएका हुन् ।

६. प्रतियोगिताको पहिलो रातोकार्ड गोलकिपरलाई
कतार विश्वकपमा पहिलो रातो कार्ड पाउने खेलाडी वेल्सका गोल किपर हेनेसी भएका छन् । उनले गोलपोस्ट बाहिर आएर बल क्लियर गर्न खोज्दा इरानी खेलाडीलाई लागेपछि रातो कार्ड पाएका थिए । त्यसपछि उक्त खेल इरानदे २-० गोल अन्तरमा जितेको थियो ।

७. कतार विश्वकपबाट बाहिरिने पहिलो टोली नै आयोजक
सेनेगलसँग ३-१ ले पराजित भएपछि आयोजक कतार नै कतार विश्वकपबाट सबैभन्दा पहिला बाहिरिने देश बन्यो ।

८. सबैभन्दा धेरै गोलको बराबरी
कतार विश्वकपमा सर्बिया र क्यामरुनले खेलेको ३-३ गोलको बराबरी कतार विश्वकपमा सबैभन्दा धेरै गोलको बराबरी हो ।

९. अंकै नजोडी बाहिरिने आयोजक
कतार विश्वकपमा आयोजक देशले एउटा पनि अंक जोड्न सकेन । यो इतिहासमा पहिलोपटक हो । आयोजक देश दोस्रोचरण प्रवेश गर्दै आएकोमा दक्षिण अफ्रिकाले त्यो रेकर्ड तोडेको थियो । कतारले भने १ अंक पनि नजोडेर खराब रेकर्ड बनाएको छ । तर उसले प्रतियोगिताभर १ गोल गरेर विश्वकपमा गोलको खाता भने खोलेको छ ।

१०. ३ देश मात्र २ खेलबाट दोस्रो चरणमा
कतार विश्वकपमा शुरुवाती दुई खेल जितेर दोस्रो चरण पुग्ने ३ ओटा मात्रै देश भए । फ्रान्स, पोर्चुगल र ब्राजिल २ खेलबाटै दोस्रो चरण पुगेका थिए ।

११. दोस्रो चरण पुगेका सबै देश पराजित भएर पनि समूह जिजेता
२ खेल जितेर दोस्रो चरण पुगेका फ्रान्स, पोर्चुगल र ब्राजिल अन्तिम खेलमा पराजित भए । तर उनीहरू सबै समूह विजेताकै रुपमा दोस्रो चरण पुग्न सफल भए ।

१२.५ देश अपराजित रहँदै दोस्रो चरणमा
कतार विश्वकपमा दोस्रो चरण पुगेका १६ मध्ये ५ देश अपराजित रहँदै दोस्रो चरणमा पुगेका हुन् । जसमा नेदरल्याण्ड, इगल्याण्ड, अमेरिका, मोरक्को र क्रोएशिया अपराजित रहँदै दोस्रो चरण पुगेका हुन् ।

१३. कसैले पनि निकालेनन् सतप्रतिशत नतिजा
कतार विश्वकपमा कुनै पनि देशले समूह चरणका ३ खेलमा जित निकाल्न सकेनन् । सबैभन्दा धेरै ७ अंक र थोरैमा ४ अंक पाउने टिम दोस्रो चरणमा प्रवेश गरे ।

१४. २ विजेता र ३ उपविजेता गोल अन्तरको आधारमा
कतार विश्वकपमा २ समूहको विजेता र ३ समूहको उपविजेता गोल अन्तरको आधारमा छानिएको छ । फ्रान्स र अष्ट्रेलिया तथा ब्राजिल र स्वीट्जरल्याण्डको समान ६/६ अंक भएपछि गोल अन्तरको आधारमा समूह विजेता छानिएको हो ।
त्यस्तै ३ ओटा समूहको उपविजेता पनि गोल अन्तरको आधारमा दोस्रो चरण प्रवेश पाएका छन् । जसमा पोल्याण र मेक्सिको, स्पेन र जर्मनी तथा दक्षिण कोरिया र उरुग्वेले समान ४/४ अंक जोडेकोमा पोल्याण्ड, स्पेन र दक्षिण कोरिया अघिल्लो चरण प्रवेश गरेका छन् । दक्षिण कोरिया र उरुग्वेको त गोल अन्तर पनि बराबरी भए पछि धेरै गोल गरेको आधारमा दक्षिण कोरिया अघिल्लो चरण प्रवेश गरेको हो ।

१५. विश्वकप विजेता समूह चरणबाटै बाहरिए
कतार विश्वकपमा ४ पटकको विजेता जर्मनी, २ पटको विजेता उरुग्वे विश्वकपको बलियो दाबेदार बेल्जियम समूह चरणबाटै बाहरिए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।