काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत तीन ओटा निर्वाचन क्षेत्रमा शनिवार अपरान्हसम्ममा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ ।
हाल बाजुरा, स्याङ्जा-२ र दोलखाको मतगणना भइरहेको छ । उक्त क्षेत्रमा मतगणनाको परिणाम आउन अझै केहिदिन लाग्ने निर्वाचन आयोगले बताएको छ । हालसम्मको मतगणना अनुसार ती जिल्लाका सवै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
बाजुरामा नेपाली कांग्रेसका पाण्डेको अग्रता कायमै
बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राखेका छन् । खसेको ६० हजार १५२ मध्ये २६ हजार ९४२ मत गणना हुँदा पाण्डेले १४ हजार २१५ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का कर्णबहादुर थापाले १२ हजार ५५७ मत पाएका छन् । उनीहरुबीचको मतान्तर १ हजार ६५८ छ ।
स्याङ्जा- २ मा धनराज गुरुङ ४,६३१ मतान्तरले अगाडि
स्याङ्जा २ मा भने प्रतिनधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले २७ हजार ३२ मत पाएका छन् भने नेकपा (एमाले) की उम्मेदवार पद्मा अर्यालले २२ हजार ४०१ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर ४ हजार ६३१ छ ।
दोलखा पनि माओवादी केन्द्रका कार्की १ हजार १०० मतले अगाडि
दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले १० हजार ४७२ मत पाएका छन् भने नेकपा (एमाले) उम्मेदवार बालकृष्ण शिवाकोटीले ९ हजार ३०५ मत पाएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।