काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत शनिवार नकआउट चरणमा दुई ओटा खेल हुँदैछन् ।
पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिकाबीच नेपाली समय अनुसार राति पौने ९ बजे प्रतिस्पर्धा हुनेछ । नेदरल्यान्ड्स समूह ए को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिका भने समूह बी को उपविजेता बनेको थियो ।
यस्तै, दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल भने राति पौने १ बजे शुरु हुनेछ । अर्जेन्टिना समूह ’सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको छ भने अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
२औं संस्करणको विश्वकपमा सहभागी ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर खेलाइएको थियो । कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समीकरण पूरा भएको छ ।
मंसिर १७ गते शनिवार
समूह ‘ए’ को विजेता भर्सेस समूह ‘बी’ को उपविजेता (राति ८ : ४५ बजे) नेदरल्याण्ड्स विरुद्ध अमेरिका ।
समूह ‘सी’ को विजेता भर्सेस समूह ‘डी’ को उपविजेता (राति १२ : ४५ बजे) अर्जेन्टिना विरुद्ध अष्ट्रेलिया ।
मंसिर १८ गते आइतवार
समूह ‘बी’ को विजेता भर्सेस समूह ‘ए’ को उपविजेता (राति १२ : ४५ बजे) इंग्ल्याण्ड भर्सेस सेनेगल ।
समूह ‘डी’ को विजेता भर्सेस समूह ‘सी’ को उपविजेता (राति ८ : ४५ बजे) फ्रान्स भर्सेस पोल्याण्ड ।
कुल ३२ ओटा राष्ट्र सहभागी भएको विश्वकप फुटबल प्रतियोगिता २८ दिनसम्म चल्छ र ६४ ओटा प्रतिस्पर्धाहरू हुन्छन्। प्रतियोगिताको फाइनल खेल आगामी पुस ३ गते अर्थात् डिसेम्बर १८ मा हुँदैछ। सन् १९३० मा युरुग्वेबाट विश्वकप शुरु भएको हो। कतारमा आयोजित यो विश्वकप प्रतियोगिता आयोजनाको यो २२औं संस्करण हो।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।