काठमाडौं । नेदरल्यान्ड कतार विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । अमेरिकामाथि ४-१ को फराकिलो जित निकाल्दै क्वाटर फाइनल यात्रा पक्का गरेको हो ।
खेलकै १० औं मिनेटमा अग्रता लिएको नेदरल्यान्डले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै २-० को अग्रता कायम गरेको थियो ।
दोस्रो हाफको ७५ औं मिनेटमा अमेरिकाले गोल गर्दै खेलमा फर्किने लक्ष्यण देखाएको थियो । तर त्यसको ५ मिनेट पछि नै नेदरल्यान्डले गोल गर्दै खेलमा ३-१ को अग्रता बनाउन सफल भयो । त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि खेल ३-१ मा सकिएको थियो ।
केही समय पछि शुरू हुने अर्को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियाको सामना गर्ने छ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान बनाउन नेदरल्यान्डको सामना गर्ने छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।