बाजुरा–१ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री पाण्डे निर्वाचित, कांग्रेसको पुग्यो ५७ सिट 

Share News

काठमाडौं । बाजुरा–१ बाट प्रतिनिधिसभा सदस्यामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन् । आइतवार बिहान सार्वजनिक मतपरिणाम अनुसार उनी ३१ हजार ७८६ मतसहित निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् । यस्तै, राप्रपाका जंग कुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत ल्याएका छन् । 

यससँगै प्रतिनिधिसभामा कांग्रेसको सिट संख्या ५७ पुगेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।