काठमाडौं । कतार विश्वकपको नकआउट चरणका खेलमा समूह चरणको भन्दा झन धेरै गोल भएका छन् ।
नकआउट चरणको पहिलो खेलमै ४ गोल भएकोमा दोस्रो खेलमा ३ गोल भएका थिए । तेस्रो खेलमा पुनः ४ गोल भएकोमा चौथो खेलमा समेत ३ गोल भए पछि कतार विश्वकपमा समूह चरणको भन्दा बढी गोल नकआउट चरणमा भएका हुन् ।
पहिलो खेलमा नेदरल्यान्डले ३ गोल गर्दा अमेरिकााले १ गोल गरेको थियो । दोस्रो खेलमा अर्जेन्टिनाले २ गोल गर्दा अष्ट्रेलियाले १ गोल फर्काएको थियो ।
तेस्रो खेलमा फ्रान्सले ३ गोल गर्दा पोल्यान्डले १ गोल गर्यो । चौथो खेलमा बेलायतले ३ गोल गर्दा सेनेगलले भने गोल फर्काउन सकेन ।
समूह चरणका ४८ खेल सकिदा प्रतिखेल २ दशमलब ५ गोल भएकोमा नकआउट चरणका ४ खेलमै १४ गोल भएको छन् । जुन प्रतिखेल ३ दशमलव ५ गोल भएको हुन् । समूह चरणमा कूल १२० गोल भएका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।