काठमाडौं । बेलायत कतार विश्वकपको क्वाटर फाइनलमा पुगेको छ । सेनेगललाई ३-० ले पराजित गर्दै बेलायतले फ्रान्ससँगको भेट पक्का गरेको हो ।
बेलायतलाई जिताउन पहिलो हाफमा हेन्डर्सन र केनले ३७ र ४५ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफको ५५ मिनेटमा शाकाले गोल गर्दै बेलायतलाई ३-० को जित दिलाएका हुन् ।
यश अघि सम्पन्न ३ ओटा खेलमा पराजित हुने टोलीले समेत कम्तीमा एउटा गोल गरेकोमा सेनेगलले भने नकआउट चरणमा गोलको खाता नखोलेरै घर फर्किएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।