प्रतिनिधिसभाको १६५ औं निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक, दोलखा–१ बाट माओवादी केन्द्रका कार्की निर्वाचित 

Share News

काठमाडौं । दोलखा–१ बाट प्रतिनिधिसभा सदस्यामा नेकपा (माओवादी केन्द्र)का गंगा कार्की निर्वाचित भएका छन् ।

सोमवार बिहान सार्वजनिक मतपरिणाम अनुसार उनले एमालेका बालकृष्ण सिवाकोटीलाई ३१८ मतान्तरले पराजित गरे । कार्कीले ३६ हजार ७९९ मत पाउँदा निकटतम प्रतिस्पर्धी सिवाकोटीले ३६ हजार ४८१ मत ल्याए । 

दोलखा–१ सँगै प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । यो चुनावमा कार्की प्रतिनिधिसभाको प्रत्यक्षतर्फ विजयी हुने अन्तिम सांसद बनेका छन् ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।