काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर २१ गते देखि पुस ७ गते सम्म बुक क्लोज गरेसँगै भोलि मंसिर २० गते मंगलवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको सञ्चित मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश(कर सहित) र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ७ गते ३६औं वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे गर्ने जानकारी दिएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।