एनएमबि बैंकद्वारा लाभांश घोषणा, यो वर्ष नगद लाभांश मात्र

Share News

काठमाडौं । एनएमबि बैंक लिमिटेडले यस वर्ष नगद लाभांश मात्र वितरण गर्ने भएको छ ।

कम्पनीको मंसिर १९ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/ ०७९ सम्मको वितरणयोग्य रकमबाट हाल कायम चुक्तापूँजी रू. १८ अर्ब ३६ करोड ६७ लाख ५ हजारको आधारमा ८ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

करसमेत वितरण गर्ने प्रस्ताव गरेको यो नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्षभन्दा यस वर्ष कम्पनीको लाभांश घटेको हो ।

गत वर्ष १२ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि कम्पनीले ३ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।