गत वर्ष ५३ लाखभन्दा बढी नोक्सानीमा रहेको ग्रीन भेन्चर्स यस वर्ष नाफामा 

Share News

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक अपरिष्कृत उक्त विवरणअनुसार कम्पनी यस वर्ष नाफामा रहेको छ ।

गत वर्ष पहिलो त्रैमाससम्म रू. ५३ लाख ७१ हजार खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष सोही अवधिसम्म रू. १९ करोड ४५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

२०७८ साल कात्तिक २१ गतेदेखि विद्युत् उत्पादन शुरू गरेको कम्पनीले यस वर्ष रू. ५२ करोड ५ लाखभन्दा बढीको विद्युत् विक्री गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको वित्तीय खर्च पनि बढेको छ ।

गत वर्ष रू. ८० हजारभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष रू. १६ करोड ७६ लाखभन्दा माथि पुगेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब १२ करोड रहेको छ । कम्पनीको जगेडा कोष रकम रू. ८ करोड ३१ लाखभन्दा बढी रहेको छ ।

गत वर्ष यस अवधिसम्म रू. २० करोड ८७ लाखभन्दा बढी ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष भने सुधारिएको छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव २३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव ६६ रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।