काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलवार नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले ४ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य रू. २४२ दशमलव १२ तोकेको छ । कम्पनीले अन्तिम शेयर मूल्य रू. २५१ दशमलव ८० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधवार बुक क्लोज गरेपछि नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश (करसहित) र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस ७ गते ३६औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे गर्ने जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।