काठमाडौं । स्पेनलाई हराउँदै क्वाटरफाइनल पुगेर मोरक्कोले इतिहास रचेको छ ।
मंगलवार राति सम्पन्न स्पेन र मोरक्को बीचको खेलको विजेताको टुंगो भने पेनाल्टी सुटआउटबाट लगाइएको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि क्वाटरफाइनल पुग्ने टिमको टुंगो पेनाल्टीबाट लगाइएको हो ।
पेनाल्टी सुटआउटमा मोरक्को ३-० ले विजयी भयो । मोरक्कोका गोलरक्षकले स्पेनका सबै प्रहार विफल पारिदिए । यो सँगै २०१० विजेता स्पेन भने लगातार तेस्रो पटक क्वाटरफाइनल नपुगेरै बाहिरिएको छ।
विश्वकप फुटबलको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुगेको मोरक्कोले सेमिफाइनल प्रवेशका लागि पोर्चुगल र स्वीट्जरल्यान्ड मध्ये एकसँग प्रतिस्पर्धा गर्ने छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।