५ महीनापछि सिवाईसी लघुवित्तको शेयर कारोबार फुकुवा, आइतवारबाट खरीदविक्री गर्न मिल्ने

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकवा गरेको छ ।

नेप्सेले कम्पनीको आधारभूत शेयरधनीबाहेकको अन्य शेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यस कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो । सोही अनुसार नेप्सेले आधारभूत शेयरधनीबाहेकको शेयर काराेबार फुकुवा गरेको हो ।

यस कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । यस सिवाईसी लघुवित्त र आँधीखोला लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने सम्झौता भएसँगै असार २३ गतेदेखि शेयर कारोबार रोक्का थियो । यस आधारमा पाँच महीनापछि लगानीकर्ताले उक्त कम्पनीकाे शेयर कारोबार गर्न पाउने भएका छन् ।  
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।