ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित

Share News


काठमाडौं । ग्लोबल आइएमई बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभा शुक्रवार सिल्भर ओक ब्याक्वेट एण्ड इभेन्ट्स सेन्टर, गैह्रीधारा, काठमाडौँमा सम्पन्न भएको हो ।

सभाले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत १० दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभाले यस ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू बिच एक आपसमा १ः१ अनुपातमा मर्जरमा जाने प्रस्तावलाई पनि पारित गरेको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।