गोलकिपर नायक बन्दा क्रोएशिया लगातार दोस्रोपटक विश्वकपको सेमिफाइनलमा, ब्राजिल बाहिरियो

Share News

काठमाडौं । क्रोएशिया लगातार दोस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार राति सम्पन्न पहिलो क्वाटरफाइनलमा क्रोएशियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियोे ।

अतिरिक्त समयमा पनि दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि विजेताको टुंगो पेनाल्टी सूटआउटबाट लगाइएको हो । पेनाल्टीमा क्रोएशिया ४-२ ले विजयी भयो ।

क्रोयशियाले खेलेको यो लगातार दोस्रो पेनाल्टी सूटआउट हो । अन्तिम ८ मा स्थान बनाउन पनि उसले जापानलाई पेनाल्टी सूट आउटमै पराजित गरेको थियो ।

दुवै खेलका नायक भने क्रोएशियाली गोलरक्षक लिभाकोभिक भए । उनले निर्धारित १२० मिनेटको समयमा पनि ब्राजिलका आधा दर्जनभन्दा धेरै गोलका अवसरलाई विफल पारेका थिए ।

क्रोएशियाले सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्डबीच हुने खेलको विजेता सँग प्रतिस्पर्धा गर्ने छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।