विश्वकपअघि नेपालमा क्रोएसियासँगै पेनाल्टी सुटआउटमै हारेको थियो ब्राजिल !

Share News

काठमाडौं । कतारमा जारी विश्वकपको पहिलो क्वाटरफाइनल शुरु हुनुभन्दा केही घण्टाअघि शुक्रवार दिउँसो काठमाडौंको कुलेश्वरस्थित नवनीत टड्लर्स जोन विद्यालयले आयोजना गरेको फुटबल प्रतियोगितामा आमनेसामने थिए, ब्राजिलको जर्सीधारी टिम र क्रोएसियाको जर्सीधारी टिम ।

दुवै टोलीबीच गोल हान्ने कडा प्रतिस्पर्धा भयो । तर, खेलको निर्धारित समयसम्म कुनै टिमले गोल गर्न सकेनन् । अन्ततः खेलको टुंगोे पेनाल्टी सुटआउट गरियो । र, पेनाल्टी सुटआउटमा क्रोएसियाको जर्सीधारी टिमले ब्राजिलको जर्सीधारी टिमलाई १-० ले पराजित गर्याे । 

शुक्रवार अबेर राति सम्पन्न ब्राजिल र क्रोएसियाबीचको विश्वकप फुटबलको पहिलो क्वाटरफाइनलमा ब्राजिलले यस्तै नियति भोग्नुपर्याे । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि ३० मिनेटको थपिएको समयमा दुवै टोलीले १-१ गोल गरे । थपिएको समयमा पनि खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई ४-२ ले पराजित गर्याे । उक्त खेल शुक्रवार राति ८ः४५ बजे (नेपाली समय अनुसार) शुरु भएको थियो । 

हारसँगै ब्राजिलको विश्वकपको यात्रा टुंगिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।