विश्वकपका अपराजित टोली मोरक्को र क्रोएशिया विरुद्ध फ्रान्स र अर्जेन्टिना : के कतारले नयाँ विजेता देला ?

Share News

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । हिजो राति सम्पन्न क्वाटरफाइनलबाट मोरक्को र फ्रान्स सेमिफाइनलमा पुगेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो ।

पहिलो सेमिफाइनलमा क्रोएशिया र अर्जेन्टिना आमने सामने हुँदै छन् । ५ पटकको विजेता ब्राजिललाई पेनाल्टी शूटआउटमा पराजित गरेर सेमिफाइनल पुगेको क्रोएशियाले नेदरल्यान्डलाई पेनाल्टीमै पराजित गरेर सेमिफाइनल पुगेको अर्जेन्टिनाको सामना गर्ने छ । जारी प्रतियोगिताको अपराजित टोली क्रोएशियाले नकआउट चरणका दुवै खेल पेनाल्टी शूट आउटमा जितेको हो । अन्तिम क्वाटरफाइनलमा ५ पटकको विजेता ब्राजिललाई पराजित गरेपछि क्रोएशिया थप आत्मविश्वासी हुने छ ।

२०१८ को विश्वकपको फाइनलमा फ्रान्ससँग ४-२ ले पराजित क्रोएशिया यसपटक विश्वकपको उपाधी रक्षा गर्ने दाउमा छ । अन्तिम विश्वकप खेलीरहेका लियोनेल मेस्सी पनि अर्जेन्टिनालाई उपाधी जिताउने हर सम्भव प्रयास गर्ने छन् । यो भन्दा पहिले क्रोएशिया र अर्जेन्टिनाको ५ ओटा भेटमा दुवै टोलीले २/२ खेल जितेका छन् । एउटा खेल बराबरीमा सकिएको छ । अन्तिम पटक २०१८ मा भएको भेटमा क्रोएशियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको थियो ।

फ्रान्स विरुद्ध मोरक्को
विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स विरुद्ध मोरक्को आमने सामने हुँदै छन् । जारी प्रतियोगिताको अपत्यारिलो टोली मोरक्कोले अप्रत्यासित नतिजा निकाल्दै सेमिफाइनल सम्मको यात्रा गरेको छ । त्यसैले उसको रणनीति पहिल्याएर जित निकाल्न फ्रान्सलाई फलामको चिउरा चपाए सरह हुने आकलन गरिएको छ ।

अन्तिम १६ मा २०१० को विजेता स्पेनलाई पेनाल्टी  शूटआउटमा पराजित गरेको मोरक्कोले अन्तिम ८ मा पोर्चुगललाई १-० ले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको हो ।

जारी प्रतियोगितामा १ मात्रै गोल खाएको मोरक्कोले विपक्षीको पोस्टमा ५ गोल गरेको छ । उसले समूह चरणमा पनि कुनै पनि खेल गुमाउनु परेन । समूह चरणमा मोरक्कोले खाएको त्यो गोल पनि आत्मघाति गोल रहेको थियो । यसको अर्थ विपक्षीलाई गोल गर्नै नदिनु मोरक्कोको सबैभन्दा बलियो पक्ष हो ।

फ्रान्सले बेलायतलाई २-१ ले पराजित गरेर अन्तिम ४ मा स्थान बनाएको हो । जारी प्रतियोगितामा नकआउट चरणमा पनि सबै खेल ९० मिनेट भित्रै जितेर सेमिफाइनल पुग्ने फ्रान्स एक्लो टिम हो । उसले अन्तिम ८ मा स्थान बनाउन पोल्यान्डलाई ३-१ ले पराजित गरेको थियो भने अन्तिम ४ मा स्थान बनाउन बेलायतलाई २-१ ले पराजित गरेको थियो । दुवै खेल ९० मिनेट भित्रै टुंगिएका थिए ।

फ्रान्स र मोरक्को अहिलेसम्म फ्रेन्ड्ली म्याचमा मात्रै आमने सामने भएका छन् । यी दुई टोली अन्तिम पटक २००७ मा आमने सामने भएका थिए । उक्त खेल २-२ को बराबरीमा सकिएको थियो ।

के कतारले नयाँ विजेता दिन सक्छ ?

कतार विश्वकपको समेफाइनल पुग्ने ४ मध्ये २ टोलीले विश्वकपको उपाधि जितेका छैनन् । एउटा टोली त पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

क्रोएशियाले अर्जेन्टिनालाई र मोरक्कोले फ्रान्सलाई पराजित गरेमा यो पटक विश्वकपले नयाँ विजेता पाउने पक्का हुने छ । तर सेमिफाइनलमा मोरक्को रक्रोएशिया मध्ये कुनै एक टोली पराजित भएमा विश्वकपको उपाधी नयाँ विजेताले पाउने नपाउने टुंगो फाइनल खेलपछि मात्रै हुने  छ ।

फ्रान्स र अर्जेन्टिनाले समान २/२ पटक विश्वकपको उपाधी जितिसकेका छन् । फ्रान्स डिफेन्डिङ च्याम्पिनय हो भने अर्जेन्टिनाले ३६ वर्षअघि अन्तिमप६क विश्वकप जितेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।