माउण्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

Share News

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि सोमवारसम्म रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मङ्सिर २७ गते बुक क्लोज गरेसँगै मङ्सिर २६ गते सोमवारसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ८ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान १० बजे शुरू हुने जानकारी दिइएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।