एभरेष्ट बैंकको साधारण सभा सोमवार हुँदै, यी प्रस्ताव पारित हुने

Share News

काठमाडौं । एभरेष्ट बैंकको २८औं वार्षिक साधारण सभा सोमवार अर्थात् मङ्सिर २६ गते हुने भएकोे छ ।

कम्पनीले काठमाडौं लैनचौरस्थित ब्यांक्वेट लैनचौरमा दिनको बिहान ११ बजे सभा गर्ने जानकारी दिएको छ ।  सभाले १३ प्रतिशत बोनस शेयर र ७ दशलमव ६८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारितका लागि साधारण सभामा पेश गरिनेछ ।  कम्पनीले हालै ७ प्रतिशत अग्राधिकार शेयर साधारण शेयरमा परिणत गरेपछि पूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।   

त्यस्तै बैंकको अधिकृत पूँजी रू. १० अर्बबाट बढाएर रू. १५ अर्ब पुर्‍याउने प्रस्ताव पनि पारित हुनेछ ।  साधारणसभा प्रयोजनको लागि बैंकले मङ्सिर १३ गते बुक क्लोज गरिसकेको छ ।  । यस आधारमा मङ्रसिर १२ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।