एभरेष्ट बैंकले पारित गर्‍यो २०.६८ प्रतिशत लाभांश 

Share News

काठमाडौं । एभरेष्ट बैंकले प्रस्ताव गरेको कुल २० दशमलव ६८ प्रतिशत लाभांश पारित भएको छ । बैंकले मङ्सिर २६ गते २८औं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ६८ प्रतिशत नगद लाभांशलाई अन्तिम स्वीकृति प्रदान गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ४६ करोडभन्दा माथिको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । गत वर्षको तुलनामा बैंकले यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो ।

गत वर्ष आर्थिक वर्ष ०७७/७८ सम्मको सञ्चित मुनाफाबाट बैंकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष शुरू भएको पाँच महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरी लाभांशलाई वितरणयोग्य बनाएको छ । 

सभाले पूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ । बैंकको अधिकृत पूँजी रू. १० अर्बबाट बढाएर रू. १५ अर्ब पुर्‍याउने प्रस्तावसमेत सभाले पारित गरेको छ । बैंकले साधारण सभा प्रयोजनका लागि मङ्सिर १३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा मङ्सिर १२ गतेसम्म कायम शेयरधनीहरूले मात्र बैंकको लाभांश प्राप्त गर्दै छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।