काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्रबैंकको स्वीकृती र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो आवको मुनाफाबाट कम्पनीले शेयरधनीलाई १६ दशमलव ९१ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर घटेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।