काठमाडौं । एनआईबिएल एस क्यापिटलले ‘एनआईबिएल ग्रोथ फण्ड’ निष्कासन गर्दै छ । क्यापिटलले यही पुस ७ गतेदेखि १० वर्षे अवधिको उक्त फण्ड निष्कासन गर्न लागेको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १६ लाख इकाई निष्कासन गर्न लागेको हो । त्यसमध्ये १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ भने १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १२ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
निष्कासन बन्द छिटोमा पुस १२ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि पुस २१ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड ६० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखी योजना हो । फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।