काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले २१ हजार ८५७ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
यो शेयरमा कम्पनीकै संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ५०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी कबोल गर्नुपर्नेछ ।
इच्छुक संस्थापक शेयरधनीले आजको मितिले ३५ दिनभित्र कम्पनीको सञ्चालक समितिमा निवेदन दिनुपर्ने जानकारी दिएको छ । सो समय अवधिमा संस्थापक शेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई विक्री गरिने जानकारी दिइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।