डाक्टर, क्लिनिक तथा डाइग्नोष्टिक केन्द्रहरुको एकैठाउँमा जानकारी दिने 'डीआर एप'

Share News

काठमाडौं । नेपालभरका  शहरहरुमा उपलब्ध डाक्टर, क्लिनिकहरु तथा डाइग्नोष्टिक केन्द्रहरुको एकैस्थानमा जानकारी पाइने  'डीआर एप' सार्वजनिक भएको छ । सोमवार  राजधानीमा सार्वजनिक भएको यो एप टाईटानियम टेकनोलोजीले निर्माण गरेको हो । 

हस्पिटल र  डाक्टर बारे धेरै कुरा एकै ठाउँमा पाउन सक्ने प्लेटफर्मको रुपमा  एप्प लंच गरिएको हो । यस एप्पले विभिन्न  विशेषज्ञहरुको जानकारी एकै ठाउँमा दिनेछ।  एपमा सबै विधाका डाक्टरहरुको  योग्यता,अनुभव र उनिहरूबाट उपलब्ध हुने हस्पिटल तथा क्लिनिकको समय र लोकेशन हेर्न सकिने छ । स्वास्थ जस्तो संवेदनसिल विषयमा कुन समस्याका  लागि कुन विशेषज्ञ डाक्टर र हस्पिटल जाने भन्ने जानकारी सबैलाई नहुने भएकोले यस एपले सबै माझ यस्ता जानकारी सर्वसुलभ उपलब्ध गर्ने टाईटानियम टेकनोलोजीले जनाएको छ । 

 एप्पको उद्घाटन गर्दै , कम्पनीका प्रबन्ध निर्देशक समिन्द्र सिंह थापाले कुन स्वास्थ समस्या पर्दा कुन विशेषज्ञ र कुन ठाउँ जाने जस्तो द्विबिधा एपले २ मिनेटमा समाधान गर्न सक्ने बताए ।

'एप्पमा नेपालभरका  शहरहरुमा उपलब्ध डाक्टर, क्लिनिकहरु तथा डाइग्नोष्टिक केन्द्रहरुको जानकारी पाउन सकिन्छ जुन स्वदेशमा मात्र नभएर विदेशमा बस्ने नेपालीले आफन्तका लागि पनि उपयोग गर्न सक्नु हुन्छ,' उनले भने ।
'एप' अंग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध रहेको छ ।  हाल प्लेस्टोरमा मात्रै उपलब्ध रहेको एप छिटै नै एप्प स्टोरमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।