काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई पहिलो पटक लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।