माछापुच्छ्रे बैंकले यस वर्ष शेयरधनीलाई लाभांश वितरण नगर्ने 

Share News

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको शुक्रवार (आज) बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७८/७९ सम्मको अन्त्यमा कायम भएको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने  निर्णय गरेको हो । 

कम्पनीले नेप्सेमार्फत सूचना जारी गर्दै यस वर्ष लाभांश वितरणको प्रस्ताव नगरेको जानकारी दिएको छ । सञ्चालक समितिले स्वीकृत गरेको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णयसमेत भएको जानकारी दिएको छ । 

विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको बैंकले यस वर्ष भने लाभांश वितरण नगर्ने निर्णयमा पुगेको हो । गत वर्ष कम्पनीले शेयरधनीलाई १३ दशमलव ३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । 


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।