काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गरेसँगै आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस १४ मा साधारण सभा आयोजना गरेको छ ।
सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा उक्त दिन बिहान ९ बजे शुरु हुने जानकारी दिएको छ । साथै सभाले यस सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंक एकआपसमा गाभ्ने/गाभिने प्रस्ताव पनि पारित गर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।