तेस्रो स्थानमा क्रोएशियालाई जितेर मोरक्कोले बनाउला नयाँ इतिहास ?

Share News

काठमाडौं ।  कतार विश्वकपमा आफ्नो सातौं खेल खेल्न पाउँदा मोरक्को खुसी त छ नै गौरवान्वित पनि छ । भाग्यले बढी नै साथ दिएको भए उसले आइतवारको फाइनल खेलिरहेको हुन्थ्यो । तर शनिवार तेस्रो स्थानका लागि हुन गइरहेको खेल पनि उसको लागि फाइनल खेले सरह हो । इतिहासमा पहिलो पटक मोरक्कोले विश्वकपको तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्दैछ ।

विश्वकपको सेमीफाइनलमा पुग्ने उ अफ्रिकाको पहिलो देश थियो । तर बुधवार भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग ऊ स्तब्ध भयो । शनिवारको खेलमा मोरक्को र क्रोएशिया आमने सामने हुँदैछन् । ‘स्थिति फरक भएको भए हामीहरु फाइनलमा खेल्थ्यो,’ मोरक्कोको प्रमुख कोच वालिद रेग्रागुईले भने । फाइनल नै नखेलेपनि मोरक्कोले खेल्नु पर्ने अर्को खेल पनि बाँकी छ । मोरक्कोका जुनसुकै फ्यानलाई आफूहरुले विश्वकपमा सातौं खेल खेल्न गइरहेका छौं भन्दा उनीहरु गौरवान्वित हुने रेग्रागुईले भने ।

२० वर्षे इतिहासमा मोरक्कोले ६ पटक विश्वकप खेलेको छ । ‘एकै महीनामा हामीहरुले ६ खेल खेलेका छौं, यो अनमोल छ । यो हामीहरुले २ ओटा विश्वकप वा सो भन्दा बढीमा सहभागी भए सरह हो,’ उनले भनेका छन् । शनिवारको खेलमा मोरक्कोले अघिल्लो विश्वकपमा फाइनालिष्ट क्रोएशियाको सामना गर्दैछन् । नोभेम्बर २३ मा समूह एफको खेलमा अल ब्यायत रंगशालामा यी दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।

शनिवारको खेलमा दुई टोलीबीच घम्साघम्सी पहिलाको भन्दा राम्रो हुने प्रक्षेपण रेग्रागुईको छ । क्रोएशिया यो प्रतियोगिताको सबैभन्दा उत्कृष्टमध्ये उक टिम हुनेछ भन्ने आफूहरुलाई थाहा भएको उनले बताए । पहिलो खेलपछि नै उनीहरुको प्रदर्शन निकै राम्रो छ भन्ने आफूहरुले बुझेको पनि उनले बताए । विश्वकपमा मोरक्को अन्डरडग हो भने क्रोएशिया हेभीवेट । तर दुबै टिम सेमी फाइनलमा आए ।

शुरुको खेलमा कयौं हिच्किचाहट भएपनि अन्तिम खेल दुबै टिम जसरी पनि जित्न चाहन्छन् । शनिवारको खेल अभूतपूर्व हुने रेग्रागुईको भनाइ छ । उनले क्रोएशियाका कप्तान तथा रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिकको पनि निकै प्रशंसा गरेका छन् । यो मोड्रिकको अन्तिम खेल हो कि आफूलाई थाहा नभएको तर उनी प्रतिस्पर्धी योद्धा भएको अनि उनले विश्वकप ‘स्टाइल’मा समापन गर्न चाहेको रेग्रागईले बताए ।

उनले शानदार रुपमा विश्वकप समाप्त गर्न चाहेकोले आफूहरु पनि सावधान हुनु पर्ने उनी बताउँछन् । ३७ वर्षको उमेरमा समेत उनले खेल स्मरणीय भएको भन्दै उनले मोड्रिकको वाहवाही गरेका छन् । तर मोड्रिकले २०२४ मा हुने यूरोपियन च्याम्पियन्ससम्म टिमबाट खेल्नेमा क्रोएशियाका कोच ज्लात्को डालिकको विश्वास छ । ‘उनी त्यहाँ हुनेछन् भन्ने मेरो आशा छ,’ डालिकको भनाइ छ । यूरोपियन च्याम्पियन्सको २०२४ को संस्करण खेल्ने नखेल्ने अनितम निर्णय मोड्रिककै हुनेछ  । तर आफ्नो टिमले कतार विश्वकप आफूहरुले उच्च स्तरमा समापन गर्न खोजेको उनले बताए ।

यो आफूहरुको लागि प्रमुख फाइनल, प्रमुख खेल र उपाधिको लागि लडाई भएको पनि उनले अगाडि थपेका छन् । मोरक्काली टिमको लागि आफूहरुको मनमा निकै सम्मान भएको पनि उनले बताए । कतार विश्वकपमा मोरक्कोले अविश्वसनीय खेलको छ । शनिवारको खेल मोरक्कोको लागि पनि निकै महत्वपूर्ण छ । अहिले मोरक्को चार वर्ष अघिको क्रोयशिया हो । कसैले पनि उनीहरु विश्वकपको यो चरणसम्म आइपुग्ने आशा गरेका थिएनन् ।

मोरक्कोको खेल परिपक्व भइसकेको छ । स्पेन, जर्मनी, नेदरल्यान्ड र बेलायत सेमीफाइनलसम्म आउन सकेनन् । इटली त विश्वकपका लागि क्वालिफाई नै हुन सकेन । विश्वकपमा खासै नरुचाइएको टिम हुन् मोरक्को र क्रोएशिया । तर यही दुई टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नु भने कतार विश्वकपको अद्वितीय विशेषता हो ।  शनिवारको खेलमा मोरक्कोका रोमेन साइस खेल्ने छैनन् । टिममा अन्य केही घाइते खेलाडी पनि छन् । क्रोएशियाको तर्फबाट पनि मार्सेलो ब्रोजोभिकले खेल्ने छैनन् ।

खुट्टामा चोट लागेका सेन्टर ब्याक जोस्को ग्भार्डिओलले भने खेल्ने आशा गरिएको छ । प्रमुख कोचको रुपमा यो वालिद रेग्रागुईको सातौं विश्वकप हो । यो सेनेगलका कोच आलिउ सिसेको रेकर्ड बराबरी हो । विश्वकपमा तेस्रो स्थानका लागि यस अघि भएको १९ ओटा खेल पेनाल्टीमा पुगेको थियो ।

सन् १९८६ मा फ्रान्स र बेल्जियमबीचको खेलमा विजेताको टुङ्गो पेनाल्टी सुटआउटबाट गरिएको थियो । ब्राजिलले सन् १९७८ मा इटलीलाई हराएयता गएको १० ओटा विश्वकपमा एउटा मात्रै यूरोपेली देशले तेस्रो स्थान जितेको छ । विश्वकपमा क्रोएशियाले तेस्रो स्थानका लागि भिड्न लागेको यो तेस्रो पटक हो । सन् १९९८ को संस्करणमा उसले नेदरल्यान्डलाई २–१ ले हराएको थियो । 

क्रोएशियाले सेमिफाइनलमा अर्जेन्टिनासँग खाएको गोल कतार विश्वकपका अघिल्ला ५ खेलको भन्दा धेरै हो । सेमीफाइनलमा फ्रान्ससँग मोरक्कोले २ गोल खाएको थियो । अघिल्ला पाँच खेलमा उसले जम्मा एक मात्रै गोल खाएको थियो ।

एउटै प्रतियोगितामा पाँच ओटा क्लिन शिट बनाउने आठ देशमा मोरक्कोले पनि आफ्नो नाम लेखाउन सकेको छ । यो रेकर्ड १९७४ मा नेदरल्यान्ड, १९९० मा इटली, १९९४ मा ब्राजिल, १९९८ मा फ्रान्स, २००२ मा जर्मनी, सन् २००६ मा इटली र सन् २०१० मा स्पेनले आफ्नो पोल्टामा पारेका छन् । एजेन्सी 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।