दोहा (कतार) । विश्वकपको हरेक संस्करणमा नयाँ खेलाडीहरुले आफूलाई प्रमाणित गर्ने अनि चम्किने अवसर पाउँछन् । कतार विश्वकपमा पनि कयौं खेलाडीले आफ्नो मात्रै होइन टिमकै नाम पनि चम्काएका छन् ।
मोरक्कोका डाइनामिक मिडफिल्डर युसेफ एन नेसिरीले देशको इतिहासमा पहिलो पटक मोरक्कोलाई सेमी–फाइनलमा पुर्याए । क्रोएशिया पनि २० वर्षे इतिहासमा पहिलो पटक ब्याक टू ब्याक अन्तिम चारमा पुग्यो । आइतवार फ्रान्स विरुद्धको फाइलनमा अर्जेन्टिनाले तेस्रो पटक उपाधि चुम्ने अवसर पाउन पनि सक्छ । कतार विश्वकपमा अभूत्पूर्व प्रदर्शन गरे केही उदियमान खेलाडीले विश्वकपको इतिहासमा आफ्नो नाम कोरेका छन् । यीमध्ये केही निम्नानुसार छन् :
कोडी ग्यक्पो (नेदरल्यान्ड)
विङ्गर कोडी ग्याक्पो विश्वकपको पहिलो तीन खेलमा गोल गर्ने पहिलो डच खेलाडी बनेका छन् । यो सिजनमा इन्धोभनका लागि २३ वर्षे ग्याक्पोले २४ खेलमा १३ गोल गरेका छन् भने १७ गोलमा सघाएका छन् ।
कोडीमा स्टार बन्न चाहिने सबै कुरा भएको नेदरल्यान्डका कोच लुइस भान गाल बताउँछन् ।
एन्जो फर्नान्डेज (अर्जेन्टिना)
२१ वर्षिय मिडफिल्डर फर्नान्डेजले विश्वकप अघि अर्जेन्टिनाका लागि खेलेका थिएनन् । तर जादूगर लियोनल मेसीले फाइनलमा पुर्याएका अर्जेन्टिनी टिममा उनी ‘स्ट्यान्डआउट पर्फमर’ रहे । साउदी अरबसँग समूह चरणको खेलमा अप्रत्याशित रुपमा हारेका टिमलाई मेक्सिको विरुद्धको खेलमा जित दिलाउन फर्नान्डेजको गोलले महत्वपूर्ण योगदान दियो ।
क्रोएशियासँगको सेमी फाइनलको खेलमा यिनै छाएका थिए । मेसी सरह उनले ६२ पास दिए । ६ महीनाअघि मात्रै बेनफिकाका लागि ८६ लाख पाउन्डमा अनुबन्धित भएका फर्नान्डेज भविष्यका चम्किला खेलाडी हुन् ।
अजेदिन ओउनाही (मोरक्को)
२२ वर्षका ओउहानीले मोरक्कोका लागि खेलेको १६ खेलमा २ गोल गरेका छन् । धेरैलाई ८ नम्बरको जर्सी लगाउने यि खेलाडीको नामै थाहा नहुन् सक्छ । मोरक्कोका मिडफिल्डर ओउहानीलाई विश्वकप अघि कसैले चिन्दैनथे । मोरक्कोलाई सेफी फाइनलमा पुर्याउन ओउहानीको योगदान महत्वपूर्ण छ । स्पेनका कोच लुई इन्रिकले यिनलाई जिन्दगीभर बिर्सने छैनन् ।
पूर्व विश्वविजेता स्पेन मोरक्कोसँग अन्तिम १६ मा स्तब्ध भएपछि इन्रिक बर्खास्त भएका थिए । २०१० को विश्वविजेता विरुद्धको खेलमा ओउहानी १४ दशलमव ७ किमी दौडिएका थिए । विश्वकपबाट चम्किएका यिनीमाथि ठूलो क्लबहरुको आँखा परिसकेको छ । बार्सिलोनाले ओउहानीलाई लिने अनुमान गरिएको छ छ।
जोस्को गर्भाडिओल (क्रोएशिया)
आरबी लेइपजिगमा खेल्दा गर्भाडिओलको नाक फुटेको थियो । तर पनि उनी विश्वकपको टोलीमा परे । उनी ब्याटम्यानकै शैलीमा पिचमा छिरे । क्रोएशियाको डिफेन्समा २० वर्षे ग्ग्र्भाडिओलको प्रदर्शन ‘सुपरहिरोइक’ छ । क्रोयसियाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नुमा धेरै योगदान ग्र्भाडिओलकै छ । तर अन्तिम चारमा अर्जेन्टिनासँग क्रोयशिया परास्त भयो । ग्र्भाडिओल निकै आक्रामक खेल्छन् । यिनीको बल पास गर्ने शैली पनि निकै सुन्दर र मनोहर छ ।
यिनलाई बीबीसी रेडियो ५ ले ‘डिफेन्डरका रोल्स रोयस’को संज्ञा दिएको छ । क्रोयशियाको हरेक खेलमा प्रतिस्पर्धीहरुको सामना यिनले डटेर गरे । तर सेमी फाइनलमा मेसीको सामु यिनको केही लागेन । तर खबरहरुका अनुसार म्यान्चेष्टर सिट, चेल्सी, म्यान्चेष्टर युनाइटेड र बार्यन म्युनिखबीच यिनलाई अनुबन्धन गर्ने होडबाजी चलेको छ । यिनले कुन क्लबको भाग्य चम्काउने हुन् । हेर्न बाँकी नै छ ।
जूड बेलिङघम (बेलायत)
यिनलाई केहीले विश्वकै उत्कृष्ट मिडफिल्डर पनि भन्छन् । तर तपाई झुक्किनु हुन्छ होला बेलिङघम १९ वर्षको मात्रै भए । फ्रान्ससँगको खेलमा बेलायतले पेनाल्टी मिस गरेपछि हेरी केनलाई यिनले कस्तरी सान्त्वना दिए । यति बेला यिनी निकै परिपक्व देखिन्छन् । इरान विरुद्धको ६–२ को खेलमा गोलको खाता खोल्ने काम बेलिङघमले नै गरेका थिए । विश्वकपमा यिनी बेलायतको लागि गोल गर्न दोस्रो सर्वाधिक कान्छा खेलाडी हुन् ।
सन् १९९८ मा माइकल ओवेन पछिको कान्छा गोलकर्ता हुन् बेलिङघम । तर यिनको शानदार खेल भने सेनेगल विरुद्ध अन्तिम १६ मा हेर्न पाइयो । विश्वकप नकआउटमा गोल गर्न सघाउने यिनी सन् १९६६ यताका पहिलो किशोर खेलाडी हुन् ।
अर्को चरणमै बेलायतको विश्वकप यात्रामा अंकुश लाग्यो तर बेलिङघमको प्रदर्शन देखेर यूरोपियन च्याम्पियन्स रियल मेड्रिडदेपख लिभरपूलसम्मका क्बलहरुले यिनलाई आफ्नो क्बलमा ल्याउन चाहेको समाचारहरु प्रकाशित भएका छन् ।
गोन्कालो रामोस (पोर्चुगल)
क्रिष्चियानो रोनाल्डोको छाँयामा रहेको टिममा अन्य कुनै खेलाडी चम्किनु भनेको कस्तो संयोग होला ? सोच्नुस् त एक पटक । क्रिष्चियानो रोनाल्डोको सट्टामा मैदानमा छिरेका २१ वर्षिय रामोसले स्वीट्जरल्यान्ड विरुद्धको खेलमा ह्याट्रिक गरे ।
पहिलो विश्वकपमै ह्याट्रिक गर्ने यिनी पहिलो पोर्तुगाली खेलाडी हुन् । रोनाल्डोको तुलनामा रामोसल् नकआउट गेममा धेरै गोल गरिसकेका छन् । भविष्यमा यिनी रोनाल्डोले क्लब र राष्ट्रिय टोलीमा बनाउको रेकर्ड पनि तोड्न सक्लान त ? यो भविष्यकै गर्भमा छ ।
तर यो विश्वकपका उदीयमान नव खेलाडीमा रामोस पनि अग्रपंक्तिमा छन् । यस बाहेक पनि जापानका रित्सु डोआन, मोरक्कोका गोलकिपर याशिन बोनो, क्रोएशियाका डोमिनिक लिभाकोभिक, अष्ट्रेलियाका ह्यारी साउटर आदि पनि कतार विश्वकपमा बिर्सन नसकिने केही खेलाडी हुन् । एजेन्सीहरु
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।