काठमाडौं । हुलास फिन सर्भ लिमिटेडले पुस २५ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले कम्पनीको कर्पोरेट कार्यालय नक्साल, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको छ ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ ।
कम्पनीको नाम परिवर्तन गर्ने र यसका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत सभाका लागि तय भएको छ । सभाले बोनस शेयर र नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने साधारण सभासम्बन्धी सूचनामा उल्लेख भए पनि कति प्रतिशत वितरण गर्ने भन्नेबारे स्पष्ट जानकारी दिएको छैन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।