मुक्तिनाथ विकास बैंकले प्रस्ताव गर्‍यो लाभांश, बोनस शेयर कति ?

Share News

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/ ७९ को लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश गरी कुल १४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।