एनआरएन इन्फ्रास्टक्चरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज 

Share News

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गरेसँगै आज अर्थात सोमवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव २६ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २० गते साधारण सभा बोलाएको छ । सभा आम्रपालि ब्याक्वेट थिरबम सडक काठमाडौंमा विद्युतिय माध्यमबाट  बिहान ११ बजे हुने जानकारी दिएको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।