बाराही हाइड्रोपावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त 

Share News

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

अब कम्पनीको धितोपत्र कारोबारको अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्नेलगायत कार्यहरू मुक्तिनाथ क्यापिटल नारायणचौर नक्सालबाट हुनेछन् ।

कम्पनीको आईपीओ निष्कासन गरेर बाँडफाँट गरिसकेको छ भने शेयर सूचीकरण प्रक्रियामा रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।