मैलुङ्ग खोला जलविद्युत् कम्पनीको  वार्षिक साधारण सभा पुस २६ मा 

Share News

काठमाडौं । मैलुङ्ग खोला जलविद्युत् कम्पनी लिमिटेडले पुस २६ गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ ।

सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिएको हो ।

सभाले आर्थिक वर्षा २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै कम्पनीको ठेगाना परिवर्तन भएको हुँदा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नेसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।