काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/ ०७९ को लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले गत वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चृक्तापूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ९५ करोड ४ लाख रहेको छ । सोही पूँजीको आधारमा रू. ६ करोड ६५ लाख २८ हजार बराबरको बोनस शेयर र रू. ३५ लाख १ हजार ४७३ बराबरको नगद लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।