एनआईसी एशिया बैंकका शेयरधनीको यो वर्ष पनि हात खाली, छैन लाभांश

Share News

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । 

पुस ४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षका वित्तीय विवरणहरू पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।सञ्चालक समितिको बैठकले उक्त निर्णय स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गरेको छ । 

कम्पनीले गत वर्ष पनि शेयरधनीलाई कुनै पनि लाभांश वितरण गरेको थिएन । राष्ट्र बैंकले तोकेअनुसारको पुँजी कोष कायम राख्न नसकेपछि कम्पनी लाभांश वितरणबाट वञ्चित भएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।