सेन्ट्रल फाईनान्सले प्रस्ताव गर्‍यो लाभांश, यस वर्ष नगदमात्रै

Share News

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी २६औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

पुस ३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई गत वर्ष ७ दशमलव ७ प्रतिशत बोनस शेयर र ३ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।