नेपाल बैंकले आह्वान गर्‍यो साधारण सभा, १२ प्रतिशत लाभांश प्रस्ताव 

Share News

काठमाडौं । नेपाल बैंक लिमिटेडले पुस २९ गते ६३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ६ गते बसेको बैंकको सञ्चालक समिति बैठकले काठमाडौं, धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल १२ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १४ अर्ब ४० करोड ५९ लाख ४ हजारको आधारमा १० प्रतिशत करसमेत नगद लाभांश र २ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस वर्ष बैंकले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । 

गत वर्ष कुल १७ प्रतिशत लाभांश वितरण गरेको बैंकले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष बैंकले नगद लाभांशमा जोड दिएको छ ।

बैंकले वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरू मात्र बैंकको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।