लक्ष्मी बैंकको २२औं वार्षिक साधारण सभा पुस २८ मा, यी प्रस्ताव पारित हुने

Share News

काठमाडौं  । लक्ष्मी बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिइएको छ । 
सभाले लक्ष्मी बैंक र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । 

यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।