लाभांश पारितका लागि आइसिएफसी फाइनान्सले बोलायो पुस २९ मा साधारण सभा, बुक क्लोज कहिले ?

Share News

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले १९औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे हुने जानकारी दिइएको छ । 

सभाले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश करसमेत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने  प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १९ गतेदेखि २९ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुुस १८ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।