मेगा बैंकको साधारण सभा आज, ७.७९ प्रतिशत लाभांश पारित हुने

Share News

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आज १२औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान १० बजे सभा बोलाएको हो । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल ७ दशमलव ७९ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ । यस वर्ष बैंकले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब १२ करोड ४ लाख ६१ हजारको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले बोनस शेयर वापत रू. ६४ करोड ४८ लाख १८ हजार ४५८ र नगद लाभांश वापत रू. ६१ करोड २ लाख ४३ हजार २८० वितरण गर्न लागेको हो । 

उल्लेखित प्रस्तावसहित सभाले मर्जर तथा प्राप्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर प्रकृयामा छन् ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।