मल्टीपर्पस फाइनान्सले यस वर्ष लाभांश वितरण नगर्ने

Share News

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । 

पुस ६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफा र वित्तीय विवरणका आधारमा नगद लाभांश तथा बोनस शेयर वितरण नगर्ने निर्णय गरेको हो । 

सोही निर्णयअनुसार कम्पनीले वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाएको जानकारी दिएको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।