काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष (आव) को २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा ७ दशलमव ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते ३०औं वार्षिक साधारण सभा बोलाएको जानकारी दिएको छ । सभा कार्की ब्याक्वेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिएको हो ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १८ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव र साधारण सभा गर्ने निर्णय गरेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।