मन्दाकिनी हाइड्रोपावरको वार्षिक साधारण सभा पुस ३० मा, यी प्रस्ताव पारित हुने

Share News

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेट, बत्तीसपुतलीमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

सभाले ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७८/७९को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २१ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।