एनआईसी एशिया बैंकका यी सेवा हुँदैछन् २ दिन अवरुद्ध

Share News

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको बैंकिङ सेवा दुई दिन अवरुद्ध हुने भएको छ ।

बैंकले सूचनामार्फत बैंकको कोर बैंकिङ सिस्टमको स्तरोन्नतिको लागि शुकवार (आज) कारोबार समयपछिदेखि शनिवार अपरान्हसम्म बैंकिङ सेवा बन्द हुने जानकारी दिएको हाे ।

बैंकले उक्त समयमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटिएम कार्ड, रेमिट्यान्स लगायतका सेवाहरू अवरुद्ध हुने जनाएको छ । उक्त समयमा आइपर्न सक्ने अत्यावश्यक कारोबारका लागि बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।