३१.५८ % लाभांश पारित गर्न सिवाईसी नेपाल लघुवित्तले बोलायो साधारणसभा

Share News

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३० गते प्रस्तावित लाभांशसहितका विविध प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय पोखरामा विहान ११ बजे साधारणसभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले यस वर्ष गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १२ करोड १६ लाख ४१ हजारको आधारमा ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । 

सभाले सञ्चालक समितिको बैठक भक्ता र अन्य खर्चको अनुमोदन गर्ने कार्यक्रम समेत रहेको छ । मर्जर तथा प्राप्ति प्रक्रियाकोे सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुसन १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।