पुस ३० गते साधारण सभा गर्दै गुराँस लघुवित्त

Share News

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ दशमलव २१ प्रतिशत लाभांश प्रस्तावसहित पुस ३० गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले भेडेटार भिलेज रिसोर्ट भेडेटार, धनकुटामा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले प्रस्तावित लाभांशसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणलाई स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९ करोड ७५ लाखको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको  छ ।

सभाले उल्लिखित प्रस्तावसहित सर्वसाधारण शेयरधनीको तर्फबाट एकजना सञ्चालक बाँकी कार्यकालका लागि नियुक्त गर्नेछ । अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गर्दै छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।