काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।
मङ्सिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० दशमलव ६ प्रतिशत नगद लाभांश (करसहित) कम्पनीले बैंक खातामा जम्मा गरिदिएको हो ।
कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरूको खातामा मङ्सिर २५ गते रकम पठाएको र हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीहरूलाई हितग्राही बैंक खाता यथाशीघ्र अद्यावधिक गराउन अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिल लिमिटेड रहेको छ ।
साथै विभिन्न कारणले गर्दा आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ को नगद लाभांश प्राप्त नभएका शेयरधनीहरूले पनि यही सूचना आधार मानी विवरण अद्यावधिक गर्नसमेत बैंकले जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।